मंगलबार ७.५४ अंकले घट्यो नेप्से
काठमाडौँ, १० फागुन । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ७.५४ अंकले घटेर १,३५७.५७ विन्दुमा पुगको छ । सेन्सिटिभ इन्डेक्सपनि १.६५ अंकले घटेर २९५.६३ विन्दुमा पुगेको छ । मंगलबार होटल, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहका परिसूचकहरु बढेपनि अन्य समूह घटेका हुन् ।
सबैभन्दा बढी बीमा समूह १३८.०८ विन्दुले घट्यो । मंगलबार समग्र नेप्सेमा ६०,४३,२३,५५७ रुपैंयाँ बराबरको सेयर कारोबार भयो ।
१० फागुन २०७३, मंगलवार १३:२८ बजे प्रकाशित