सुदूरपश्चिममा देखिएको पेट्रोलियम पदार्थको अभाव ‘अन्त्य’ हुने
धनगढी, १० फागुन । सुदूरपश्चिममा केहीदिन देखि देखिएको पेट्रोलियम पदार्थको अभाव बुधबारदेखि पूर्ण रुपमा अन्त्य हुने आयल निगमले दाबी गरेको छ । भारतमा बिधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतले ४८ घण्टाको लागि सीमा बन्द गरेपछि सुदूरपश्चिमभरी पेट्रोलीयम पदार्थको अभाव भएको हो । फागुन २ गतेदेखी भारतबाट पेट्रोलियम पदार्थ लोड हुन नसक्दा सुदूरपश्चिमभरी पेट्रोलियम पदार्थको चरम अभाव भएको निगमका क्षेत्रिय प्रमुख नरेशमान डंगोलले बताए । आइतबार पेट्रोलका लागि ८ ओटा ट्याङकर र डिजेलका लागि ३२ वटा ट्याङकर भारतको बन्थरा डिपो गएको र उक्त ट्याङकर लोड भएर आएपछि पेट्रोल वितरण गरिने उनले बताए । उक्त ईन्धन वितरणपछि सुदूरपश्चिममा रहेको पेट्रोलियम पदार्थको अभाव अन्त्य हुने डंगोलको दाबी छ ।
धनगढी बाट पत्रकार लोकेश धामीको सहयोगमा
१० फागुन २०७३, मंगलवार १३:३७ बजे प्रकाशित