एक हप्ताभित्रै निर्वाचन आचार संहिता लागु हुने

काठमाडौँ, १० फागुन । प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागु हुने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले शुन्य सहनशिलताका आधारमा आचार संहिता लागु गर्ने जानकारी दिए । उनले आयोगले निश्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने प्रतिवद्धता जनाउँदै तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गरे ।

चूनौति भन्दा पनि आफुले अवसरहरु देखेको उल्लेख गर्दै यादवले कानून तथा ऐनहरु आईसकेकाले अब निर्वाचन हुनेमा आसंका नगर्न आग्रह गरे । नेपाल सरकारले पनि आयोगलाई विश्वास दिलाएको उल्लेख गर्दै उनले सरकारले आवश्यक श्रोतसाधन र कर्मचारीहरु उपलब्ध गराईदिने विश्वास व्यक्त गरे । निर्वाचन सफल बनाउनको लागि राजनीतिक शक्ति पनि एउटा ठूलो आधार भएको टिप्पणी गर्दै यादवले दलहरुवीच विश्वासको वातावरण बढ्दै जानु सकारात्मक भएको टिप्पणी गर्दै उनले स्थानीय चुनावमा ८० लिटरका करिब २५ हजार ब्यालेट बक्स (मतपेटिका) चाहिने पनि बताए ।

१० फागुन २०७३, मंगलवार १३:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु