लागूऔषध कारोबार र कालो पैसाको जालो
स्थानीय स्तरमा भ्रष्टाचार तथा हिंसात्मक अपराध बढ्ने खतरा
भोजपुरमा ५०० किलो गाँजा सहित १० जना पक्राउ परेका छन् । प्रहरीले हतुवागढी गाउँपालिका–९ माचुवाबाट रुद्रबहादुर श्रेष्ठ र अन्य नौ जनालाई शङ्कास्पद गतिविधिमा यात्रा गर्दै गर्दा रोकेर ४३ बोरामा राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको हो। अहिले सबैलाई हिरासतमा लिएर अनुसन्धान जारी छ भने प्रयोग भएको ट्र्याक्टर पनि नियन्त्रणमा छ ।
यस्तो ठूला लागूऔषध कारोबारका घटनाले नेपाली समाजमा गम्भीर समस्या उत्पन्न भएको छ । गाँजा, हेरोइन, अफिमजस्ता पदार्थको अवैध कारोबारले आर्थिक र सामाजिक दुवै तहमा अपराधीक गतिविधि बढाउने मात्र होईन, नगद प्रवाहलाई पनि गैरकानुनी सर्किटमा प्रवेश गराउँछ । यस्तो क्रियाकलापले अर्थतन्त्रमा कालो पैसा अभिवृद्धि गर्छ र स्थानीय स्तरमा भ्रष्टाचार तथा हिंसात्मक अपराध बढ्ने खतरा थप्छ । यही कारणले गर्दा लागूऔषध आपूर्ति शृंखला नियन्त्रण गर्दा नोट खारेजी जस्तो उपायहरूलाई आवश्यक मान्न सकिन्छ ।
विशेष गरी ठूलो परिमाणमा नगद रकमको अवैध लेनदेन नियन्त्रण तथा आर्थिक प्रणालीलाई पारदर्शी बनाउन नोट खारेजी र डिजिटल ट्रयाकिङ प्रणालीको आवश्यकता छ । यसले ठूलो रकमको अवैध कारोबारलाई पत्ता लगाउन, वित्तीय अपराध रोक्न तथा पुलिस तथा अनुसन्धान निकायलाई प्रभावकारी रुपमा सहयोग पुर्याउन मद्दत गर्छ । लागूऔषध जस्ता अपराधहरूलाई केवल सुरक्षा पक्षबाट मात्र होइन, आर्थिक र वित्तीय निगरानीको माध्यमबाट पनि कडाइका साथ व्यवस्थापन गर्नु जरुरी छ जसले अपराधको जरा नै कमजोर बनाउन सघाउँछ ।
१२ फागुन २०८२, मंगलवार २३:५३ बजे प्रकाशित












