दिनहुँ कोरोना मुक्त हुने भन्दा संक्रमितको संख्या बढ्दै, आज कति थपिए ?
२४ असार, काठमाडौं । पछिल्लो २४ घन्टामा थप १२ सय ८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा १८ सय ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा १० हजार ५०४ नमूना परीक्षणमा १८ सय ७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पीसीआरबाट १२ सय १८ जनामा र एन्टिजेट विधिबाट ६५७ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २९ जनाको ज्यान गएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ।
२४ असार २०७८, बिहीवार १७:२७ बजे प्रकाशित





