माधव नेपालले मागे प्रधानमन्त्रीबाट केपी ओलीको राजिनामा

२६ जेठ, काठमाडौं । एमाले नेता माधव नेपालले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।
एमाले एकता कायम राख्ने प्रयास भैरहेका बेला नेता नेपालले यस्तो प्रस्ताव राखेका हुन ।
नेता नेपालको भनाइ उधृत गर्दै नेपाल निकट एक नेताले भने, ‘अब पनि एमाले एकता जोगाउनुको बिकल्प छैन । तर यो स्वम केपी ओलीले चाहिरहेका छैनन् । यदि इमानदार भएर एमाले बचाउने हो भने उनले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्छ ।’
ओलीले प्रधानमन्त्रीले राजिनामा दिएको खण्डमा नया परिस्थिति बन्ने र ओलीले अध्यक्षबाट राजीनामा दिन नपर्ने नेपाल समुहको भनाइ रहेको छ ।
यसो भएको खण्डमा पार्टी तुरुन्तै महाधिवेशनमा जाने बाताबरण समेत बन्ने नेपाल समुहका नेताहरू बताउँछन ।
२६ जेठ २०७८, बुधवार ११:१६ बजे प्रकाशित