शंकर पोखरेलले भने– देख्नु भो ! ओलीप्रति सहानुभूति बढ्दैछ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि चौतर्फी विरोध हुँदै गर्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उनको कदमको बचाउ गरेका छन् ।
उनले आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोध गर्ने प्रवृत्तिलेनै जनतामा ओलीप्रति सहानुभूति बढदै गएको दावी गरेका छन् ।
एमाले ओली पक्षीय नेतासमेत रहेका उनले भनेका छन्, ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोध गर्ने प्रवृत्तिले नै जनतामा देख्नु भो ! कमरेड ओलीप्रति सहानुभूति बढदै छ।’
८ जेठ २०७८, शनिवार १५:३८ बजे प्रकाशित