राजेन्द्र महतो फेरि भारतीय दूतावासमा

जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावासमा प्रवेश गरेका छन् ।

उनी बिहान पौने ११ बजे लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेको श्रोतले जनाएको छ ।

यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरुलाई एक रिसोर्टमा राखेर वरिष्ठ नेता महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास छिरेका थिए ।

विकसित राजनीतिक घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका यी नेताहरुको भारतीय दूतावासमा लगातार दौडधूप चल्नुलाई चासोका साथ हेरिएको छ।

८ जेठ २०७८, शनिवार १४:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु