बादललाई जिताए पुरस्कार दिने केपी ओलीको घोषणा
पार्टी उम्मेद्वारलाई मतदान नगरे क्षम्य नहुने चेतावनी

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् ।
स्रोतका अनुसार ओलीले बादललाई जिताए पुरस्कार दिने बताएका छन । ओलीको यहि सन्देश लिएर नेताहरूले बादललाई भोट मागिरहेको एक नेताले बताए ।
अपिल जारी गर्दै ओलीले बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न ओलीले चेतावनी पनि दिएका छन् ।
पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ ।
५ जेठ २०७८, बुधवार १२:३७ बजे प्रकाशित