एमालेसंग पुनः पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसंग पुनः पार्टी एकताको प्रस्ताव गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बरिस्ठ नेता माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेर एमालेलाई २०७५ साल जेठ २ गतेकै अवस्थाबाट अगाडि लैजान सहमति जनाएपछि प्रचण्डले ओलीलाई फोन गरेर पुनः एकताको प्रस्ताव गरेका हुन् ।

फोनमा प्रचण्डले ओलीलाई भनेका छन् ‘तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो ?’ भनेर जिज्ञासा राखेका थिए।

जवाफमा ओलीले ‘हो, कारबाही फुकुवा भयो, अरु पनि गर्ने योजना छु भनेपछि के अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखेको स्रोतले जनाएको छ।

करिब पाँच मिनेट जति ओलीसँग सवाल–जबाफ गरेका प्रचण्डले ओलीसँग गत भदौ २६ गतेको निर्णयतर्फ फर्कनसमेत आग्रह गरेका थिए।

‘तपाईं २०७५ जेठ २ मा फर्कन खोज्दै हुनुहुँदोरहेछ तर अब भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयतर्फ फर्केर पार्टी मिलाए भैगो नि,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

एमाले अध्यक्ष ओली र एमाले बरिस्ठ नेता माधव नेपालबीच पार्टीलाई २०७५ जेठ २ कै अबस्थाबाट अगाडि बढाउने सहमति भएको बाहिरिएको छ । यसैलाई संकेत गर्दै प्रचण्डले ०७५ जेठ २ मा नपुगी गत भदौमा पुग्दा नेकपा नै ब्युताउने प्रस्ताव गरेका हुन् ।

०७५ जेठ ३ गते एमाले र माओवादी एक भएका थिए । तर, गत फागुन २३ गते एमाले र माओवादी एकता भंग हुने फैसला गरेको थियो ।

पुनः एकताकै रूपमा पार्टीलाई अगाडि बढाउने प्रचण्डको प्रस्तावको जबाफमा ओलीले ‘म अहिले यतै लागेको छु, भदौ २६ वा अन्य धेरैतिर फर्कनु छ, त्यो कुरा पछि नै विचार गरौंला’ भनेर फोन राखेका थिए।

१ जेठ २०७८, शनिवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु