बालकुमारीमा जसपा पदाधिकारीहरुको अनौपचारिक बैठक जारी

भावी सरकार गठनको विषयमा निर्णयमा पुग्न जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेता (पदाधिकारी)हरु छलफलमा जुटेका छन् ।

जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा शीर्ष नेताहरुको अनौपचारिक छलफल शुरु भएको जसपा अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा अध्यक्षद्वय महन्थ ठाकुर तथा उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेताहरुद्वय राजेन्द्र महतो र अशोक राई सहभागी छन् ।

२९ वैशाख २०७८, बुधवार १४:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु