डा. खिमलाल देवकोटाद्धारा राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता

राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि उनले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

डा. देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनका साझा उम्मेदवार हुन् ।

बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ ।

माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।

संघीयता र योजनविज्ञ देवकोटा एमाले नजिक हुन् । प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष रहिसकेका उनी पछिल्लो समय माधवकुमार नेपाल समूह नजिक छन् । उपचुनावमा भने माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्नेछन् ।

२४ वैशाख २०७८, शुक्रवार ११:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु