माधव नेपाल भन्छन्- केपीसंग कुनै सहमति भएको छैन, अब हुदैन पनि

काठमाडौं । एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारेका छन् ।

नेपालको फेसबुक पेजबाट जारी संक्षिप्त विज्ञप्तिमा २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी वार्ता र लचकता दुवै अपनाउछौं । तर, अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र त्यसपछि भएका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ ।’

नेपालले आफूहरू नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमालेका पक्षमा रहेको भन्दै २०७५ जेठ २ को बटमलाइनमा सहमति नभएको बताएका छन् ।

उनले कार्यकर्तालाई कुनै किसिमको भ्रममा नपर्न,नअल्मलिन र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन भन्दै आह्वान गरेका छन् ।

२४ वैशाख २०७८, शुक्रवार ११:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु