दैनिक सुनको मूल्यमा सामान्य वृद्धि

आज प्रतितोला ९० हजार ६ सय रुपैंयामा कारोबार

काठमाडौं । नेपाली बजारमा बिहीवार  आज सुनको मूल्य  सामान्य वृद्धि भएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ३ सय रहेको थियो ।

आज सुनको मूल्य ३ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

तर आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १३ सय २० रहेको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आइ प्रतितोला चाँदी १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

२३ वैशाख २०७८, बिहीवार १३:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु