काश्मिरमा भीडन्त : एका बिहानै ३ जना मारिए

काश्मिरको सोपिया जिल्लामा आक्रमणकारी र सुरक्षाबलबीच आज बिहानै भएको भीडन्तमा तीनजना आक्रमणकारी मारिएका छन्।
अल–बद्र नामक संगठनका नयाँ सदस्य मारिएको सुरक्षाबलले बताएको छ।
सुरक्षाबलका अनुसार चारजनालाई घेरा हालेर कारबाही गर्दा तीनजना मारिएको र एकजनाले आत्मसमर्पण गरेका थिए। सूचनाका आधारमा सुरक्षाबलले सोपिया जिल्ला घेराबन्दी गरेका थिए।
सुरुमा आक्रमणकारीले गोली चलाएपछि सुरक्षाबलले जवाफी कारबाही गरेको थियो।
२३ वैशाख २०७८, बिहीवार ०७:५३ बजे प्रकाशित