लुम्बिनीमा एमालेका तीन सांसदले दिए पदबाट राजीनामा
आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठक।आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठक।
लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनस् मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।
उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्।
आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले सेतोपाटीलाई बताए।

यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए।
१९ वैशाख २०७८, आइतवार १६:२५ बजे प्रकाशित





