सार्वजनिक ठाउँमा गरिने पूजा घरभित्रै गर्न आग्रह

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक ठाउँमा गरिने पूजा घरमै बसेर गर्न आग्रह गरेका छन्। पछिल्लो समय कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै उनले यस्तो आग्रह गरेका हुन्।

‘धार्मिक स्थलमा गएर आ–आफ्नो परम्परा अनुसार पूजापाठ एवम्‌ प्रार्थना गर्ने चलन छ,यस्ता सार्वजनिक ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस सर्ने भएकोले अहिलेका लागि धार्मिक स्थलहरूमा गएर भीड गर्नुभन्दा आफ्नो आस्था अनुरूप घरमै बसेर नित्य पूजा गर्न सबैमा अपिल गर्दछु,’ उनले भनेका छन्‌।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई नागरिक दायित्व ठानेर पालना गर्न उनले आग्रह गरे। ‘महामारीसँग सम्बन्धित कुनै समस्या परे मलाइ,उपमेयर वा आफू नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्नुहोला,’ शाक्यले भने, ‘सम्भावित जोखिम र अप्ठ्यारो परिस्थिति सामना गर्न हाम्रा तयारीहरूलाई निरन्तरता दिइरहेका छौँ।’

उनले पूजाआजा, सामाजिक कार्यक्रम, भोज जस्ता संस्कार जन्य कार्यक्रम पनि भीडभाडका साथ नमनाउन पनि अनुरोध गरे।

१९ वैशाख २०७८, आइतवार १४:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु