किन युट्युबले डिस्लाइक गणनालाई लुकाउँदै छ ?
युट्युबले केही प्रयोगकर्ताहरुबाट कुनै भिडियोको डिस्लाइक गणनालाई लुकाउने भएको छ ।
यसका लागि युट्युबले केही नयाँ इन्टरफेस डिजाइन परिक्षण गर्नेछ जसले गर्दा सार्वजनिक रुपमा डिस्लाइकको सङ्ख्या देखिदैन् ।
नयाँ डिजाइनले डिस्लाइक बटन त देखाउने छ तर रियल टाइममा डिस्लाइकको सङ्ख्या अपडेट हुँदैन्।
युट्युबको अनुसार प्रयोगकर्ताहरुले यसको जानकारी युट्युब स्टुडियोको माध्यमले लिन सक्नेछन् ।
मान्छेले डिस्लाइक बटनको प्रयोग गर्न भने पाउनेछन्।
१८ चैत २०७७, बुधवार १८:३९ बजे प्रकाशित





