योगेश, मेघ र सारिकाको ‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिक
योगेश काजी, मेघ पौडेल र सारिका घिमिरेको स्वरमा गीत ‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिक भएको छ ।
कार्टुन क्रुको निर्माण रहेको गीतमा आस्मा विश्वकर्मा, सरोज अधिकारी, जुक्ति विक्रम शाही, पेम्बा मगर, सन्देश थापा र एन्जिला विश्वकर्मा फिचर्ड छन् ।
प्रभात पौडेलको शब्द रहेको गीतको सङ्गीत भने योगेश कै रहेको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाङ्कन रहेको भिडियोमा सरोज अधिकारीको सम्पादन र निर्देशन रहेको छ । नृत्य निर्देशन भने आस्माले गरेकी हुन् ।
१६ चैत २०७७, सोमवार १३:२२ बजे प्रकाशित