कुकुरको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु

धनुषामा कुकुरको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ दर्जी टोलमा शौचको लागि निस्केकी १२ वर्षीय बालिकालाई कुकुरले टोक्दा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

मोहम्द अख्तरकी १२ वर्षीया छोरी सिवरन खातुन सोमबार बिहान करिब एक बजे शौच गर्न निस्केकोमा कुकुरले टोकेपछि घटनास्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले बताए ।

मृत्यु भएकी बालिकाको मानसिक अवस्था ठिक नरहेको धनुषा प्रहरीले जनाएको छ ।

मृत्यु भएकी बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रवक्ता मिश्रले जानकारी दिए ।

१७ फागुन २०७७, सोमवार १४:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु