प्रधानमन्त्री ओली ७० वर्षमा प्रवेश
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज जन्मदिन मनाएका छन् ।
प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन् ।
जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन् ।
ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्तसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए ।
प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् ।
गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए ।
प्रधानमन्त्री ओलीलाई जन्मदिनका अवसरमा उनका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए ।
११ फागुन २०७७, मंगलवार १६:११ बजे प्रकाशित