संसद विघटन अपराधै हो :एमिकस क्युरीका पाठकको राय

७ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्धामा एमिकस क्युरीको रुपमा चयन भएकी वरिष्ठ अधिवक्ता गीता पाठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्न सर्वोच्च अदालतको संवैधनिक इजालसलाई राय दिएकी छन् ।

शुक्रबार आफ्नो राय प्रस्तुत गर्दै उनले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई अपराधसंग तुलना गरिन् ।

नेपालको संविधानमा प्रतिनिधिसभा विघटन सम्बन्धी व्यवस्था नै नभएको उल्लेख गर्दै उनले भनिन्, ‘यहाँ नेगेटिभ अब्लिकेशन, नेगेटिभ राइट । यो विघटन, यो नेगेटिभ अव्लिकेशन र नेगेटिभ राइट भयो । विघटनबाट असर पुगेको त्यो सभासद वा जनताहरुको ।।। यो अपराधै हो नि ।’

तर, पाठकले ‘अपराधै हो’ भन्ने तर्क वा टिप्पणीबारे थप व्याख्या गरिनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गर्दा संविधानको गलत धारालाई आधार लिएको उनको जिकिर छ ।

‘संविधानको धारा ८५ स्वतन्त्र धारा होइन् । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६९१० अन्तर्गतको बहुमतको प्रधानमन्त्री हुनुहुन्छ । उहाँले संविधानको धारा ७६९७० प्रयोग गर्न सक्नुहुन्न’ पाठकले भनिन् ।’

प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्रीबाट भएको सिफारिस र राष्ट्रपतिबाट घोषणा हुँदाको विज्ञप्तिमा समेत प्रश्न उठेको बताइन् ।

‘संविधान कोमामा गएको छैन’

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्वाको बहसमा नेपालको संविधान बिरामी परेको टिप्पणी जस्ता टिप्पणी भएका थिए ।

वरिष्ठ अधिवक्ता पाठकले त्यस्ता टिप्पणीको खण्डन गरिन् । ‘यस इजलासमा संविधान बिरामी छ । कोमामाम छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौ । हामी सबै कोमामां छौं’ उनले भनिन्, ‘त्यसो होइन श्रीमान ।’

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्वामा प्रधानमन्त्री ओलीका तर्फबाट बहस गरेका नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले संविधान बिरामी परेको बताएका थिए ।

‘संविधानले फंक्सन गर्न सकेन भने, अड्कल लगाएर हामी निर्णयमा पुग्न सकेनौँ भने भोलि त्यसको नकारात्मक परिणाम र प्रभाव भोग्नुपर्छ । यो संविधान बिरामी परेको छ’ घिमिरेले भनेका थिए ।

ले विभिन्न प्रश्न उठाएको पाठकको भनाइ थियो । उनले ती संवैधानिक छन् कि छैनन् भन्ने प्रश्न उठेको बताइन् । त्यस्तै, न्यायिक पुनरावलोकनको विषय हो कि राजनीतिक विषय हो भन्ने कुरा पनि उठेको उनको भनाइ थियो ।

‘।।।म क्रिया खान कहाँ सक्छु र !

राय प्रस्तुत गर्दै गर्दा वरिष्ठ अधिवक्ता गीता पाठकले स्वर सर्मट नारायणगोपालले गाएको गीत सम्झिइन् ।

‘यहाँ धेरै सायरी आए तर खासमा यहाँ सुहाउने त स्वरसम्राट नारायण गोपालको गीत, तिमीले भनेका सारा देव छोएर, म क्रिया खान कहाँ सक्छु र भन्ने चाहिँ सुहाउँछ,’ पाठकले भनिन् ।

‘यस इजलासमा संविधान बिरामी छ । कोमामाम छ भन्ने कुरा उठ्यो । यदि त्यसो हो भने, हामी सबै बिरामी छौं,’ इजलासमा पाठकले भनिन्, ‘हामी सबै कोमामा छौँ । संविधान र त्यसका धाराले हामीलाई अक्सिजन दिन्थे ।’

यसअघि मुद्धाको पक्ष र विपक्षमा बहस गर्ने कानुन व्यावसायीहरुले पनि गीत, सायरीहरु सुनाएका थिए ।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वटा संविधानसभाले बनाएको संविधान बिर्सन नसकिने सन्दर्भ जोड्दै गायिका अन्जु पन्तको गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’ भन्ने सुनाएका थिए ।

निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले मिर्जा गालिबको सायरी सुनाएका थिए ।

रिट निवेदकले संसद पुनस्थापना हुनुपर्छ भनेर तर्क गरेको तर्फ संकेत गर्दै महान्यााधिवक्ता अग्नि खरेलले प्रकाश पौडेलले गाएको गीत ‘नाई आमा मलाई त्यही केटी चाहिन्छ’ भन्ने सुनाएका थिए ।

‘जनताका बीचमा जाने घोषणा गर्दा पनि त्यही संसद चाहिन्छ भन्ने निवेदकलाई यही गीत सुहाउँछ’ खरेलले भनेका थिए ।

बहस सकियो, अब फैसला

एमिकस क्युरीका तर्फबट पाठकले राय प्रस्तुत गरेसंगै प्रतिनिधिसभा संसद विघटनसम्बन्धी मुद्धामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।

बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।

अब फैसला आउनेछ । फैसला कहिले आउँछ भन्ने सम्बन्धमा प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘१० गतेभित्र बहस नोट आउँछ । त्यसपछि हेर्दाहेर्दैमा जान्छ । ११ गते/१२ गते जति पनि जान सक्छ ।’

१० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।

फागुन ११ गतेभन्दा पछि कुनै पनि दिन फैसला आउन सक्ने प्रधानन्यायाधीश जबराले बताएका हुन्

७ फागुन २०७७, शुक्रवार १९:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु