एनएमबि बैंकको सीईओमा केसी नियुक्त
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: सुनिल केसी नियुक्त भएका छन् ।
बैंकको सीईओ नै रहेका केसीलाई बैंक सञ्चालक समितिले पुनः चार वर्षका लागि नियुत्ति गर्ने निर्णय गरेको हो ।
सीईओ केसीको कार्यकाल यहि फागुन महिनामा सकिन लागेको थियो ।
बुधबार बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको सञ्चालक समितिले चैत १ देखि लागू हुने गरी केसीलाई पुनः सीईओमा नियुत्तः गरेको हो ।
६ फागुन २०७७, बिहीवार ११:३३ बजे प्रकाशित





