१५ सय अमेरिकी डलर पर्ने फोल्ड गर्न सकिने आइफोन सार्वजनिक

फोल्डिङ स्मार्टफोनको प्रतिस्पर्धामा एप्पल पनि होमिएको छ ।
हाल विश्व बजारमा सामसुङ, हुवावे तथा मोटरलाका फोल्डिङ स्मार्टफोन सार्वजनिक भइसकेका छन् ।
साओमीले पनि फोल्डिङ स्मार्टफोन बनाइरहेको खबरहरु आएका छन् ।
यी स्मार्टफोनमा फाइभ–जी नेटवर्क सपोर्ट सिस्टम छन्।
यसबीचमा एप्पलले फोल्डिङ आइफोन ल्याउने विषय सार्वजनिक भएको हो ।
एप्पलका उत्पादनबारे जानकारी राख्ने म्याक रुमर्सका अनुसार एप्पलले सम्भवत सन् २०२३ भित्र फोल्ड गर्न सकिने आइफोन सार्वजनिक गर्नेछ ।
यसैबीच एप्पलको जानकारी दिने जोन प्रोसेसरले सार्वजनिक गरेको सूचना अनुसार हाल एप्पलले फोल्ड गर्न सकिने फोनको डिजाइन तयार पारिसकेको छ ।
उक्त फोनको नाम ‘आईफोन फ्लिप’ हुन सक्ने उनले उल्लेख गरेका छन्।
एप्पलको आइफोनको डिजाइन अन्य फोल्डिङ फोनजस्तो नहुने बताइएको छ।
‘फोन टु ट्याब्लेट’ फोल्ड गर्दा फोन र खोल्दा ट्याब्लेट आकारमा आइफोन देखिने छैन। यसको विशेष डिजाइन हुनेछ।
यस्तै एप्पलको फोल्डिङ फोनमा ओएलईडी डिस्प्ले हुनेछ भने यो ७.३ देखि ७.६ इन्चसम्मको हुनेछ।
जोन प्रोससरका अनुसार यस फोनको मूल्य १५ सय अमेरिकी डलर हुनेछ ।
६ फागुन २०७७, बिहीवार ११:१३ बजे प्रकाशित