टिकटक विरूद्द उजुरी दर्ता

भिडियो शेयरिङ एप टिकटकमाथि प्रयोगकर्ताको डेटा दुरूपयोग गरेको आरोप लागेको छ ।
युरोपियन कन्जुमर क्याम्पेन ग्रुप बीईयूसीले मंगलबार नियामकलाई उजुरी दर्ता गराउँदै यसबारे जानकारी गराएको हो ।
बीईयूसीले टिकटकले बालबालिका र युवालाई हानिकारक कन्टेन्ट र विज्ञापनबाट बचाउन असक्षम भएको बताउँदै टिकटकको अपारदर्शी कपी राइट नीति र भर्चुअल क्वाइनको समेत अध्ययन गर्नुपर्ने बताएको छ ।
‘करोडौं प्रयोगकर्ताको साथमा टिकटक पछिल्लो केही वर्षको अवधिमा युरोपमा लोकप्रिय एप बनेको छ,’ उनीहरुले बुझाएको उजुरीमा भनिएको छ, ‘तर, टिकटकले प्रयोगकर्ताको अधिकार हनन गरिरहेको छ ।’
यसैले बीईयूसीले युरोपियन कमिसन एण्ड नेश्नल कन्जुमर प्रोटक्सन अथोरिटिजमा उजुरी दर्ता गराएको हो ।
६ फागुन २०७७, बिहीवार १०:५३ बजे प्रकाशित