धेरैपछि एउटै मञ्चमा देखिए प्रचण्ड र बाबुराम
 
			जनयुद्धका दुई सारथी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई धेरैपछि एउटै मञ्चमा देखिएका छन् ।
दुबैको राजीनीतिक पार्टी अहिले फरक छ । विचार र सिद्दान्त पनि फरक छ । दुई सारथीको फरक–फरक पार्टी भएपछि व्यक्तिगत र राजनीतिक भेटघाट पातलिएको थियो । तर, आज फागुन १ अर्थात जनयुद्ध दिवश ।
डा. बाबुराम भट्टराईले आजको दिनमा प्रचण्डलाई साक्षी राखेर कार्यक्रमको आयोजना गरे । भट्टराईको संस्मरणात्मक पुस्तक ‘गुमनाम आमाहरुको कथा’ काठमाडौंमाबाट सार्वजनिक भएको छ ।
पुस्तक सार्वजनिक कार्यक्रमको प्रमुख वक्ता उहि आफ्नो पुरानो सारथी प्रचण्डलाई रोजेका बाबुराम भट्टराईले । साथमा रामचन्द्र पौडेल,अशोक राई, डा. मीना पौडेल डा. अरुण गुप्ता वक्ताको रुपमा रहेका थिए ।
उनको कृतिलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।
१ फागुन २०७७, शनिवार १३:२८ बजे प्रकाशित
 
						 




