नेपालले थप २२ लाख ५६ हजार डोज खोप प्राप्त गर्नेछ : विश्व स्वास्थ्य संगठन

नेपालले थप २२ लाख ५६ हजार डोज कोरोना भाइरसविरुद्धको खोप पाउने भएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले थप खोप प्राप्त गर्न लागेको हो ।

विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले बिहीबार प्रकाशित गरेको अन्तरिम वितरण तालिका अनुसार नेपालले सो संख्यामा खोप प्राप्त गर्नेछ ।

भारतको सेरम इन्ष्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड एस्टाजेनिकाको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो ।

सो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुनसक्ने अनुमान गरिएको छ ।

नेपालको औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त खोप तीन प्रतिशत जनसंख्यालाई लगाउन पुग्नेछ ।

सो खोप ५५ वर्षमाथिका र दीर्घ रोगीलाई लगाउने सरकारको योजना छ ।

२२ माघ २०७७, बिहीवार १४:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु