प्रचण्ड – नेपाल पक्षद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

नेपाल कम्युनिष्ट पार्टी नेकपा – प्रचण्ड नेपाल पक्षले संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक एवम् प्रतिगामी ठहर गर्दै प्रचण्ड नेपाल पक्षले माघ १३ गतेदेखि थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

सोमवार एक विज्ञप्ति जारी गर्दै संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले माघ १३ गते भोलि काठमाडौंमा सिट्ठी जुलुस गर्दै आन्दोलनको थालनी गर्ने जानकारी दिए ।

त्यस्तै माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संघीय सांसद एवम् प्रदेश सांसदहरुले धर्ना दिने, माघ १६ गते शहीदहरुलाई श्रद्धान्जली सहित दिउँसो १ बजे शान्तिबाटिकाबाट लैनचौरमा प्रस्थान गर्ने बताएका छन् ।

त्यस्तै माघ १५, १६ र १७ गते क्रमशः बुटवल, विराटनगर र धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने जानकारी दिएका छन् ।

साथै आन्दोलनलाई निरन्तरता दिँदै माघ २२ गते काठमाडौंमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र माघ २८ गते काठमाडौंमा मसाल जुलुस र सभा गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले बताएका छन ।

१२ माघ २०७७, सोमवार १२:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु