नयाँ कमेडी शो ‘नेता निवास’ ईमेज टेलिभिजनमा प्रसारण हुने (हेर्न छुटाउनुहोला नि;)
हास्य अभिनेता घनश्याम गौतम नक्कल प्रचण्ड ले एउटा पृथक शैलीको हास्य व्यंग्यात्मक कमेडी कार्यक्रम दर्शकमाझ ल्याउने भएका छन् ।
विभिन्न टेलिभिजन तथा यूट्युब च्यानलहरमा थुप्रै हाँस्य व्यंग्य कार्यक्रमहरु सञ्चालन भैरहेको बेला गौतमले फरक धारको कमेडी कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
नेता निवास’ शीर्षकको उक्त कार्यक्रम विशेष स्टुडियो सेटमा छायांकन हुने उनले बताएका छन् ।
गौतम भन्छन्– ‘देशमा राजनितिक अस्थिरता बढिरहेको बेला देशका नेताहरुको गतिविधि तथा कृयाकलापलाई हाँस्य व्यंग्यात्मक शैलीले प्रस्तुत गर्ने तयारी गरेका छौं ।’
कार्यक्रममा नेताहरुका कमी–कमजोरी र अकर्मण्यतालाई समेत कमेडी शोमार्फत पस्कँदै दर्शकलाई मनोरञ्जन तथा सन्देश दिन लागिएको हो ।
ईमेज च्यानलमार्फत प्रसारण हुने यो कमेडी शो नेता निवास हरेक सोमबार राति ८स्३० बजेदेखि प्रशारण हुनेछ ।
यसैबीच, ईमेज च्यानल टेलिभिजन यहि फागुन ४ गते देखि एचडीमा जाने भए सँगै मनोरन्जनात्मक कार्यक्रमहरु थप गर्न लागिएको ईमेज च्यानलका सिईओ लक्षमण हुमागाईँले बताएका छन् ।
समसामायिक राजनितिक विषय र सामाजिक बिषयबस्तुलाई व्यङ्ग्यातमक शैलीबाट प्रस्तुत गरि दर्शकलाई हँसाउन प्रयास गरिने कलाकार गौतमले जानकारी दिएका छन् ।
नेता निवासमा कलाकार सुरेश तिमल्सिना निर्देशन सहयोगी रहनेछन् भने यसको लेखन तथा निर्देशन कलाकार घनश्याम गौतमले गर्नेछन् ।
६ माघ २०७७, मंगलवार १४:५५ बजे प्रकाशित





