आगलागीमा परी १४ वर्षीय किशोरको मृत्यु, दुईजना घाइते
विराटनगर १४ मा भएको आगलागीमा परी १४ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा परिवारका अन्य दुईजना घाइते भएका छन् ।
शनिबार मध्यरातमा आगो ताप्न बालेको घुरको आगो घरमा सल्कँदा घटना भएको प्रहरीले जनाएको छ ।
घटनमा परी स्थानीय राजेशकुमार दासका १४ वर्षीय छोराको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा दासकी श्रीमती र अर्का छोरा पनि घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय विराटनगर रानीका अनुसार सुतिरहेको अवस्थामा घरमा आगो फैलँदा किशोरको मृत्यु भएको हो ।
घाइते दुवैजनाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
५ पुस २०७७, आइतवार ०९:२९ बजे प्रकाशित





