काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु
काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीन व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ ।
सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ ।
दावी गरिएको उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ ।
समाचार तयार पार्दासम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।
२२ कात्तिक २०७७, शनिवार १९:५७ बजे प्रकाशित




