राष्ट्रपतिले भारतीय सेनाध्यक्षलाई दिइन् मानार्थ महारथीको दर्जा
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी छिन् ।
सन् १९५० मा पहिलोपटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्परालाई निरन्तरता दिँदै सो दर्जा दिइएको हो ।
उनको सम्मानमा आजै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ ।
यसअघि, सेनाध्यक्ष नरवणेलाई आजै बिहान सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।
सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो ।
नेपालका प्रधानसेनापतिलाई पनि भारतले मानार्थ प्रधानसेनापतिको दर्जा दिँदै आएको छ ।
२० कात्तिक २०७७, बिहीवार १८:१७ बजे प्रकाशित





