आजको मौसम : पहाडी भेगमा आंशिक बदली, कस्तो छ अन्यत्र ?
मुलुकका पहाडी भू(भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू(भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ।
आज राति पनि पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाको छ ।
हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली विकसित नभएको महाशाखाले जनाएको छ ।
२१ कात्तिक २०७७, शुक्रवार ०८:१४ बजे प्रकाशित





