तत्काल ओली छोडेर अग्रगमनको संघर्षमा होमिन प्रचण्डलाई बाबुरामको सुझाव

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको आन्तरिक किचलोलाई अग्रगमन र पश्चगमनबीचको लडाइँको संज्ञा दिएका छन् ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १५ कात्तिकमा भएको भेटवार्तापछि नेकपामा विभाजनको बहस सतहमा आएका बेला भट्टराईले यस्तो बलाएका हुन् ।
बुधबार ट्विटरमार्फत उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको बताए ।
संविधानसभामा अग्रगामी एजेन्डा निस्तेज पार्न माओवादी–मधेसवादीविरुद्ध नेपाली काँग्रेससँग सहकार्य गरेको र पछि सत्ता निम्ति चुनावमा नेपाली काँग्रेसविरुद्ध माओवादीसँग एकता गरेको भट्टराईको भनाइ छ ।
अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेको भन्दै सबैले सोच्ने बेला आएको बताए ।
२० कात्तिक २०७७, बिहीवार ०८:०८ बजे प्रकाशित