भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा गएराती भूकम्पको धक्का महसुस भएको छ । प्रदेशका बैतडी र दार्चुला जिल्लामा भूकम्पको धक्का सहसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । गए राती १० बजेर २३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिष्टेन्ट तीर्थ दहालले जानकारी दिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार केन्द्र बिन्दु बनाएर भूकम्प गएको टेक्निकल असिस्टेन्ट दहालले बताए ।

भूकम्पको धक्का महसुस हुँदा स्थानीय त्रसित बनेका थिए । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

२० कात्तिक २०७७, बिहीवार ०७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु