अनिल झाले महिलालाई हेपेर बोलेको भन्दै रेखा शर्माले आपत्ति जनाइन्

जनता समाजवादी पार्टीका सांसद अनिल झाले महिलाप्रति अपमानजनक ढंगले अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद रेखा झाले आपत्ति जनाएकी छन्।

नेकपा सांसद रेखा झाले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा रहेका पुरूषका श्रीमतीप्रति सांसद अनिल झाले नकारात्मक टिप्पणी गरेको भन्दै माफी माग्नुपर्ने माग राखेकी छन्।

ुकात्तिक ११ गते रौतहटमा भएको दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा जसपा सांसद झाले विदेशबाट श्रीमानले पठाएको पैसाले उनीहरूका श्रीमतीले गलत काममा खर्च गरेको र चरित्रहीन काम गरेको भनेर सार्वजनिक रूपमै भन्नुभएको छ। यो महिलाहरूमाथिको अपमान हो, ‘सांसद रेखा झाले भनिन्, ‘सार्वजनिक रूपमा मञ्च प्रयोग गरी सम्पूर्ण महिला दिदीबहिनीको चरित्र हत्या गरेको, इज्जत प्रतिष्ठालाई खुला मञ्चबाट धावा बोलेकाले यथाशिघ्र माफी माग्नुपर्छ।’

सांसदले आफ्ना दायर नबुझी विदेशमा रहेका पुरूषका श्रीमतीको बारेमा तथानाम दिइएको अभिव्यक्ति अक्षम्य र घोर आपत्तिजनक रहेको भन्दै सांसद रेखा झाले उक्त शब्दप्रति सम्पूर्ण महिला संगठित भएर प्रतिकार गर्ने चेतावनी दिएकी छन्।

जसपा सांसद झाले भने आफूले महिलाहरूलाई अपमान हुनेगरी नबोलेको दाबी गरेका छन्।

केही व्यक्तिको उदाहरण दिएर भनेको विषयलाई सार्वजनिक रूपमा व्याख्या गर्नु गलत भएको समेत उनले बताए।

ुस्थानीय तहका प्रतिनिधिले संघीय सांसदले केही गरेन भनेर मलाई आरोप लगाएका रहेछन्। संघीय सरकराले स्थानीय तहलाई नै सिधै पैसा पठाउँछ। हामीले पाउने त पारिश्रमिक मात्रै हो। स्थानीय तहका प्रमुखले गरेको बेइमानीको हामीले कसरी जिम्मेवारी लिने भनेर मैले भनेको हो, जसपा सांसद झाले भने, त्यही प्रसंगमा मैले विदेश जाने युवकको कुरा गरेको हो। मलेसिया,कतार गएको युवकले दुःख गरेर पठाएको पैसा कहिलेकाहीँ श्रीमतीले पैसा उडाइदिन्छ भागेर पनि जान्छ। पछि फर्केर आउँदा पैसा ल्याइनस् भनेर बाआमाले भन्छ तर उसँग पैसा हुँदैन। सांसदको हालत त्यस्तै भयो भनेर मैले भनेको हो।’

१४ कात्तिक २०७७, शुक्रवार २०:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु