महाधिवेशनपछिको अध्यक्षमा ओलीले अघि सारे माधव नेपाललाई
आशंकासहित नेपाल सकारात्मक
 
			पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी बढेसँगै केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसंगको सहकार्यलाई अगाडि बढाएका छन् । महाधिवेशनपछिको अध्यक्ष बनाउने प्रस्ताव ओलीको छ ।
स्रोतका अनुसार ओलीले भनेका छन्, ‘अब मिलेर जाऔँ, अबको नेता तपाईँ नै हो । पार्टी महाधिवेशनबाट तपाईँले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ ।’
जवाफमा नेपाल सकारात्मक भएका छन् । तर आशंकासहित । नेपालले भनेका छन्, ‘म मिल्नका लागि तयार नै छु । तर विधि र प्रक्रियामा पार्टी चलाउनु पर्छ ।’
यसअघि कात्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले नेपालसँग भेटवार्ता गरेका थिए । कात्तिक ४ गतेको भेटवार्तामा पनि ओलीले मिलेर जानका लागि नेपालसँग प्रस्ताव राखेका थिए ।
१३ कात्तिक २०७७, बिहीवार ०८:१९ बजे प्रकाशित
 
						 




