सीमामा नेपालीलाई दुःख नदिन आदित्यनाथको निर्देशन

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुनै पनि बहानामा सीमामा नेपाली नागरिकलाई दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।

पत्रकारको टोलीसंग मुख्यमन्त्री योगीले सुरक्षा अधिकारीहरुलाई नेपालीलाई सीमामा दुःख नदिन निर्देशन दिएको बताएका हुन्।

उनले आफूले पनि चाँडै सीमा क्षेत्रको अनुगमन गर्ने र नेपालीलाई सहज रुपमा भारत आवागमनको वातावरण बनाउन तयार रहेको जनाए।

आदित्यनाथले नेपाली र भारतीय नागरिक बीचको सम्बन्ध परापूर्वकालदेखि नै दिगो रहेको उल्लेख बताउदै नेपालीहरु स्वाभिमानी र सज्जन रहेको कुरा पत्रकारको टोलीसंग गरेका थिए। दुवै देश र जनताबीच विगतदेखि नै विश्वासको सम्बन्ध रहेकाले त्यसमा दरार आउन नदिनतर्फ सजग रहनुपर्ने आदित्यनाथनाथले बताए।

२४ असोज २०७७, शनिवार ०८:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु