जाजरकोटमा खोलामा जीप खस्यो, ५ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार दुर्घटनामा परेको हो।

सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको हो। घटनास्थलमा पुगेको प्रहरीका अनुसार एक जनाको शव निकालिएको छ भने बाँकी ४ जनाको शव खोलामा देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

घटनाबारे यकिन विवरण नआइसकेको उनले बताए।

२१ असोज २०७७, बुधवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु