बामदेवको मुद्धा संवैधानिक इलजासमा सुनुवाई हुँदै

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाई हुँदैछ ।

बुधबार हेर्दा हेर्दैको अवस्था रहेको यो रिटमा आज शुक्रबार थप सुनुवाई गर्ने मिति तोकिएको थियो ।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।

१६ असोज २०७७, शुक्रवार ११:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु