साझा पार्टीले बनायो ज्येष्ठ नागरिकको संगठन

साझा पार्टीले ज्येष्ठ नागरिक पनि संगठन घोषणा गरेको छ ।

बिहीबार ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसर पारेर महेन श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय साझा ज्येष्ठ नागरिक संगठनको तदर्थ समिति घोषणा गरेको हो ।

नेपालका ज्येष्ठ नागरिकहरूको हक, हित, स्वास्थ्य र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने पार्टीको लक्ष्यअनुसार संगठनको घोषणा गरिएको साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

यो संगठन आम ज्येष्ठ नागरिकहरू लगायत देशको विभिन्न पेसा, व्यवसाय तथा समाजमा अनुभव, दक्षता, विज्ञता र प्रतिष्ठा कमाएकाहरूको पनि साझा मञ्च हुने साझाको विश्वास छ ।

१५ असोज २०७७, बिहीवार १५:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु