खतिवडा अमेरिका जाने खबरले सेयर बजारमा उत्साह

सेयर बजारमा आज (साताको अन्तिम कारोबार) उत्साह देखिएको छ । बजार २०.६१ अंकले बढेर १५७१.०४ विन्दुमा रोकिएको छ ।

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई सरकारले अमेरिकी राजदूतमा सिफारिस गरेपछि बजार बढेको छ । अर्थमन्त्री पदबाट बाहिरिए पनि उनलाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार बनाएका थिए ।

कतिपयले उनलाई पर्दा पछाडीको अर्थमन्त्री समेत भन्ने गरेका थिए । पर्दा पछाडीकै अर्थमन्त्रीबाट शसंकित बनेको बजारमा आज भने उत्साह देखिएको छ । आज २ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज जलविद्युत र म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ । जलविद्युत समुह २४.७६ अंकले घटेको छ भे म्युचुअल फण्ड ०.०१ अंकले घटको छ ।

आजको कारोबारमा १ सय ९३ कम्पनी सामेल भए । सबैभन्दा बढी निर्जिवन बिमा समूहको सूचक ३३२.४१ अंकले बढेको छ भने जीवन बिमाको १५७.३३ अंकले बढेको छ । विकास बैंक समूह ६५.४८ अंकले बढेको छ ।

उत्पादन तथा प्रशोधन समूहतर्फ ४९.७९ अंक बढेको छ । ट्रेडिङ तर्फ १९.५३, बैंकिङतर्फ १८.८६, होटल ८.०८, फाइनान्स ५.७९, माइक्रोफाइनान्स २०.८१, अन्य समुह २.९७ अंकले बढेको छ ।

सबैभन्दा बढी कमाउने उत्कृट २ मा विकास बैंक नै रहेको छ । आज सबैभन्दा बढी कमाउने सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । त्यसपछि कामना सेवा विकास बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर लगायतले सबैभन्दा धेरै कमाएका छन् ।

१५ असोज २०७७, बिहीवार १५:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु