बलात्कारीलाई मृत्युदण्ड दिउँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्तावअघि सारेको छन् ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले बलात्कार हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसकेको भन्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने जिकिर गरेको हुन् ।

नेता भट्टराईले राजतन्त्रकालका नमिता ( सुनितादेखि गणतन्त्रकालका कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना बिकको बलात्कारपछि हत्या भएको घटनाको आइतबार ट्वीटरमा उल्लेख गरे ।

गत बुधबार बझाङको मष्टा गाउँपालिकास्थित शिव मन्दिरभित्र १२ वर्षीया सम्झना बिक बलात्कारपछि हत्या गरिएको अवस्थमा भेटिएकी थिइन् ।

अपराधी नपक्रने र मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी रहेको उनको भनाइ छ ।

कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको दुई वर्ष वितिसक्दा पनि अपराधी पत्ता लागेको छैन । उनले अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अपराधीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन्,ुराजतन्त्र कालका नमिता(सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त(सम्झना विकसम्मको बलात्कार(हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो।

अब यसो गरौंस् -अपराधी नपक्रनेरमुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाईकारबाही  –  अदालतमा छुट्टै बेन्चको स्थापना – अपराधीलाई मृत्युदण्ड

आइतबार काठमाडौंमा भएको प्रदर्शनमा पनि बलात्कारविरुद्ध कडा कानुन बनाउनका साथै दोषी ठहर भएका बलात्कारीलाई फाँसीको सजायसमेत दिन माग गरिएको थियो ।

१२ असोज २०७७, सोमवार ०७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु