काठमाडौं उपत्यकामा ७३७ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ६५२ जना संक्रमित थपिएका छन् । ललितपुरका ६० र भक्तपुरका २५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
३१ भदौ २०७७, बुधवार १७:३८ बजे प्रकाशित