गाँजा ढुवानी गर्ने चालक पक्राउ

१६५ किलो गाँजा बरामद भएको घटनामा संलग्न एकजनालाई इलाका प्रहरी कार्यालय, कोल्हवीले मंगलवार पक्राउ गरेको छ ।

भदौ १५ गते बिहान कोल्हवी नगरपालिका–९ श्रीपुरस्थित सडकखण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा प्रदेश नं ३–०१–०२२च ८१३४ नं। को कारबाट १६५ किलो गाँजा बरामद गरेको थियो ।

घटनापछि सो कारका चालक फरार भएको र खोजतलास गर्ने क्रममा प्रहरीले कोल्हवी नपा–५ सोनाभार टोल बस्ने २२ वर्षीय सन्नी भन्ने गौरीशंकर चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

२३ भदौ २०७७, मंगलवार १७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु