केही खुकुलो पारेर उपत्यकामा थप एक साता निशेधाज्ञा गरिने

केही खुकुलो पारेर उपत्यकामा थप एक साता निशेधाज्ञा गर्ने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यही कोणबाट छलफल चलाइरहेका छन् ।
अब गाडी जोरबिजोर गरेर चलाउन दिनेकि भन्नेमा छलफल भइरहेको छ । ‘पुरै खोल्न मिलेन । केही खुकुलो गरेर थप एक साता निशेधाज्ञा गर्ने तयारी छ’ एक प्रमुख जिल्लाअधिकारीले जनादेशखबरसँग भने ।
कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैत ११ देखि साउन ६ गतेसम्म लकडाउन गरेको थियो । केही समय लकडाउन खोलेर भदौ ३ गतेदेखि पुनः निषेधाज्ञा गरिएको अवस्था छ ।
भदौ १७ गतेदेखि केही खुकुलो भएको भनिएको निषेधाज्ञाको म्याद २४ गते सकिँदैछ ।
त्यसपछि के होला भन्ने उपत्यकावासीमा चासो छ ।
पछिल्लो समय संघीय सरकारले निषेधाज्ञा गर्नेरनगर्ने निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै दिइएको छ ।
सोहीअनुसार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले २४ भदौसम्म निषेधाज्ञा लगाएका हुन् ।
अब जे गर्ने हो, सीडीओकै हातमा छ ।
सीडीओहरुले केही खुकुलो पारेर उपत्यकामा थप एक साता निशेधाज्ञा गर्ने तयारी गरेका छन् ।
२३ भदौ २०७७, मंगलवार १२:२९ बजे प्रकाशित