एकैपटक ६३ सैनिकलाई कोरोना संक्रमण
नेपाली सेनाको सुदूरपश्चिम पृतनाको तालिम शिक्षालय रहेको कैलालीको लम्कीस्थित गोरुंगे ब्यारेकमा कार्यरत ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको कोभिड–१९ को स्वाब परीक्षणमा ६३ जना सैनिकमा संक्रमण पुष्टि भएको हो ।
लम्कीचुहा नगरपालिकाको स्वास्थ्य इकाई प्रमुख जयन्ती बिसीकाअनुसार केही दिनअघि त्यहाँ कार्यरत चार जना सैनिकमा कोरोना संक्रमण देखिएपछि अन्य २ सय ४५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको हो ।
गोरुंगे ब्यारेक सुदूरपश्चिमको सैनिक तालिम केन्द्र हो ।
२२ भदौ २०७७, सोमवार १९:०७ बजे प्रकाशित





