चाकडीवाजहले प्रशंसा र भजनमात्रै गाँउछ र डुबाउँछ: नारायणकाजी

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफूले ठिक नदेखेको कुरा समयमै भन्ने र गल्ती गर्न वा पतनबाट बचाउने टिप्पणी गरेका छन् ।

तर, निहित स्वार्थ केन्द्रित अन्ध चाकडीवाजहरुले प्रशंसा र भजनमात्रै गाउने र डुवाउने पनि उनको अर्को टिप्पणी छ ।

सामाजिक सञ्जाल फेशुबकमार्फत प्रवक्ता श्रेष्ठले लेखेका छन्,‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफुले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउँछन् ,जवकी निहीत स्वार्थ केन्दृत अन्ध चाकडीवाजहरुले प्रशँसा र भजन मात्रै गाँउछन् र डुवाउछन् ।त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौं, स्वार्थी अन्ध प्रशंसकमा होइन।‬

बिचार सहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याइँ नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नु अघि सँशयकारी जस्ता देखिन सक्छन् ।तर बिचार सहितका विवेकीहरु नै सुरा मुर्खहरु भन्दा भरपर्न लायक हुन्छन् ।‬’

उनले अघि लेखेका छन्,‘‪लोकतान्त्रिक पद्धतीअन्तर्गत कार्यगर्दा केही प्रकृयागत ढिलाई हुन सक्छ ।बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा निरङ्कुश तानाशाही तन्त्र छलफलको झञ्झट बाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ,निरङ्कुशतन्त्र होइन ।‬

२२ भदौ २०७७, सोमवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु