काठमाडौंमा आइतबार थपिए २९० कोरोना संक्रमित,
सबैभन्दा धेरै काठमाडौं उपत्यकामा आइतबार थप ३सय५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २ सय ९०जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका २ सय ९० , ललितपुरका ३२ जना र भक्तपुरका ३२ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
२१ भदौ २०७७, आइतवार १६:२४ बजे प्रकाशित