सुनको मुल्यमा आजपनि गिरावट, तोलाको कति पुग्यो ?

आइतबार पनि सुनको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार एक सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य भने सामान्य वृद्धि भएको छ ।

आइतबार चाँदीको मुल्यमा चाँदी तोलामा १० रुपियाँले बढेर १ हजार ३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२१ भदौ २०७७, आइतवार ११:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु